सोमवार, आश्विन १९ गते २०८३

चीनसँगको सीमा जोडिएको उरै भञ्‍ज्याङ नाका सञ्चालनको कूटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री ओली

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको सीमा जोडिएको बझाङको उरै भञ्‍ज्याङ नाका सञ्चालनका लागि कूटनीतिक पहल भइरहेको जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको उत्तर दिनेक्रममा ओलीले यसबारे जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘नेपाल-चीन बीच सन् २०१९ मा हस्ताक्षर भएको व्यहोरा जानकारी गराउँछु । सोहि बमोजिम चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकहरूलाई चीन आवागमन अनुमति पत्र (प्रवेश-पास) उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८१ कार्यान्वयनमा ल्याइएको छ, ।’

उनले भने, ‘उल्लेखित १४ नाकाहरूमध्ये उरै भञ्‍ज्याङ, बझाङ पनि रहेको छ । सो नाका सुचारू गर्न सम्बन्धित निकायहरूसँग समन्वय एवम् कुटनीतिक तवरमा पहल भइरहेको छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार