सोमवार, आश्विन १९ गते २०८३

गिरिजालाई सम्झिँदै प्रचण्डले भने - उहाँको भरोसा र सुझावलाई कहिल्यै बिर्सन सक्दिनँ

बिहिवार , चैत्र ६, २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस सार्वजनिक रूपमा स्मरण गरेका छन्। सामाजिक सञ्जालमा शान्ति सम्झौतामा हस्ताक्षरको फोटो राख्दै अध्यक्ष प्रचण्डले कोइरालाले दिएको सुझावलाई कहिलै नबिर्सने बताएका छन्।

'नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता दिवंगत गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा एवं सम्मान प्रकट गर्दछु,' प्रचण्डले लेखेका छन्, 'उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि मप्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन।'

 
 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार