काठमाडौं । नेपाली बजारमा आज सुन-चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात् बिहीबार स्थिर रहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन तोलामा १ लाख ७६ हजार रुपैयाँमा कायम भएको थियो । बिहीबारको उक्त मूल्य हालसम्मकै उच्च रहेको छ ।
यसैगरी अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले घटेको छ । बिहीबार २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज भने घटेर तोलामा १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।