बुधवार, आश्विन १४ गते २०८३

चन्द्रागिरिको केउरानी वनमा लागेको आगो यसरी निभाइँदैछ

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

Chandragiri.jpg

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

Chandragiri (3).jpg

उक्त वनको विभिन्न ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ । स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भए पनि नियन्त्रणमा आइसकेको छैन ।

Chandragiri (2).jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार