काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा १२ दिनपछि भारतबाट काठमाडौँ फर्किएकी छन् । परराष्ट्रमन्त्री देउवा पुस २६ गते भारत गएकी थिइन् ।
परराष्ट्रमन्त्री आरजूले आफू राइसिना डायलगमा सहभागी हुनको लागि भारत गएको बताएपनि भित्री रहस्य भने अर्कै थियो । केपी शर्मा ओली नेतृत्वको सरकारसँग भारत सन्तुष्ट छैन । प्रधानमन्त्री बनेको ९ महिनासम्म ओलीलाई भारतले भ्रमणको निम्तो समेत दिएको छैन । प्रधानमन्त्री हुदाँ खेरि नै ओलीले भारत भ्रमण जाने बताएका थिए । तर, भारतले भने अहिलेसम्म भ्रमणको निम्तो दिएको छैन ।
इतिहास हेर्ने हो भने नेपालका प्रधानमन्त्रीलाई भारतले यति लामो समयसम्म भ्रमणको निम्तो नदिएको पहिलो पटक हो । देशभर राजतन्त्रको माहोल बन्नु र उता भारतले ओली सरकार ढाल्न खेल खेलेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीले आरजूलाई सन्देशसहित दिल्ली पठाएका हुन् ।
असन्तुष्ट मोदीलाई फकाएर आफूहरुको पक्षमा उभिने वातावरण बनाउनुका साथैँ प्रधानमन्त्री ओलीको भ्रमणका लागि निम्तो आउने चाजोपाजो मिलाउनु पर्ने सन्देश बोकेर आरजू भारत गएकी थिइन ।
भारतमा आरजूले १२ दिन बिताइन । यो बिचमा उनले भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न निकै प्रयास गरिन । तर, मोदीले भेट्न नमानेपछि ओली देउवाको सन्देश गोजीमा राखेर उनी आज काठमाडौँ फर्किएकी हुन् ।
काठमाडौँ आइपुगेपछि भने आरजुले भारत गणतन्त्रको पक्षमा रहेको बताएकी छन् । ‘नेपालको पोलिटिकल सिस्टमबारे खास कुरा भएन। तर, उहाँहरूको सपोर्ट डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने उहाँहरूको हरेक गतिविधिबाट बुझ्न जरुरी छ। अहिलेको गमभेन्ट एकदमै हामीसँग एङ्गेज छ। सिस्टम नै चेन्ज हुने भन्ने उहाँहरूको आशय देखिनँ’, उनले भनिन् ।
तर, आरजूले भारत आफूहरुको पक्षमा रहेको बताएपनि घटनाक्रमले भने त्यसो देखाउदैँन । भारत नेपालमा राजतन्त्र फर्काउनको लागि खेल खेलिरहेको चर्चा हुन थालेको छ ।