सोमवार, आश्विन १९ गते २०८३

सडक धुलाम्य भएपछि समाजसेवी न्यौपानेको चेतावनी : सिंहदरवार घेर्न जाने दिन आउन सक्छ

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौँ । काठमाडौँ उपत्यका राजधानी मात्र नभइ देशको मुटु समेत हो । किन की हरेक नेपालीको केन्द्रविन्दु भनेको काठमाडौँ उपत्यकालाई मानिन्छ । काठमाडौँ उपत्यकाका अन्य क्षेत्र भन्दा बालुवाटारलाई बढी महत्वका साथ हेरिने गरिन्छ । महत्वका साथ हेरिनुको कारण हो, ‘ देशको नेतृत्व गर्ने प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा छ ।’

बालुवाटारमा प्रधानमन्त्री निवास, सरकारी कार्यालयहरू, नेपाल ढुकुटी राष्ट्र बैंक, न्यायलय प्रमुख निवास लगायतका कार्यलय छन् । देशको राजधानी, त्यहीमाथि प्रधानमन्त्री निवास भएको बालुवाटार सफा, सुन्दर र रमणीय होला भन्ने सबैको मनमा लाग्नु स्वभाविक नै हो । तर, यहाँको वास्तविकता भने फरक छ ।  

सडक मर्मतको बहानामा बालुवाटार क्षेत्रमा सडक लथालिङ्ग र धुलाम्य बनाइएको छ । सडक लथालिङ्ग र धुलाम्य बनाएपछि स्थानीय र यात्रुहरुले भने सास्ती खेप्नु परेको छ । 

यस्तो लापरबाही देखिएपछि काठमाडौं महानगर समिति वडा नं. ४ का सभापति तथा स्थानीय समाजसेवी राम प्रसाद न्यौपाने चिन्तित बनेका छन् । समाधानका लागि न्यौपानेले पहल पनि गरिरहेका छन् । र, सम्बन्धित पक्ष जिम्बेवार बनेर समस्याको समाधान गर्नतर्फ ध्यान नदिए पिडित नागरिकहरु सिंहदरवार र मन्त्रालय घेर्न जानु पर्ने दिन आउन सक्नेसमेत न्यौपानेले चेतावनी दिएका छन् । 

तिन चार बर्ष धुलो र हिलोको मारमा परेका बालुवाटार क्षेत्रका नागरिकहरुले केहि समय राहत पाएको भएपनि बिगत पाँच महिना देखि पून त्यस क्षेत्रलाई खनेर अलपत्र पारे पछि धुलो र हिलोले आजित बनेका छन्।

बालुवाटार क्षेत्रको लाम्टीङ्गिन मार्ग,नयाँबस्ती मार्ग,कैलाशपती मार्ग लगयतको सडकहरु भत्काएर अलपत्र छोडिदा त्यस क्षेत्रमा बसोबास गर्ने धरै नागरिकहरु बिरामी पर्न थालेको न्यौपाने बताउनुहुन्छ ।

यो बिषयमा कामपा वडा नं. ४ मा सम्पर्क गर्दा काठमाडौं महानगरपालिकामा प्रमुख कार्यकारी अधिकृत नभएर काम रोकिएको भन्ने जवाफ आएपछि पिडित नागरिकहरु झन आक्रोशि बनेका छन् ।

सरकार र बालेनको जुँगाको लडाईमा नागरिकहरु मिचाईमा परेको भन्दै यस्तै अति भए आमनागरिकको जन स्वास्थको अधिकारको बिषयमा कानुनी उपचार खोज्न जानुपर्ने अवस्था आउने समाजसेवी न्यौपानेको भनाई छ ।

‘घरबाट निस्कनेपछि आम नागरिक यो बाटो कहिले बन्छ भनेर प्रश्न गर्नुहुन्छ तर आफु नाजवाफ भएर हिड्नु परेको छ । ति दरवारमा बसेर शासन गर्नेलाई त भन्न सजिलो होला तर हामि यहिँका आम नागरिकको बिचमा बसेर काम गर्नेलाई गाह्रो छ । यदि यस्तै लापरबाही रहने हो भने सिंहदरवार र मन्त्रालय घेर्न जानु पर्ने दिन पनि आउनसक्छ । त्यति मात्र नभइ सवारी साधन आवत जावत पनि ठप्प पार्न पछि हट्ने छैनौँ’, न्यौपानेले शैली न्यूजसँगको कुराकानीमा भने ।  समाजसेवी न्यौपाने समाजिक कार्यमा सधैँ अग्रसर हुन्छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार