काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शासन सत्तामा पुग्नेहरूले गरेका विकृतिका कारण लोकतान्त्रिक गणतन्त्रको बदानाम भएको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खनालले क्रान्तिमार्फत जनताले गरेको आशा र भरोषामाथि सत्तामा पुग्नेहरूले वास्ता नगरेको आरोप लगाएका हुन्। खनाल आफैँ पनि पूर्वप्रधानमन्त्री हुन्।
उनले गणतन्त्र ल्याएको पुँजीपति वर्गले जेजे भन्छ त्यही काम गर्नका लागि नभएको पनि बताए। खनालले राज्यसत्तामा हुनेहरूको नीतिहिनता र अकर्मण्यका कारण देशमा प्रतिगमणकारी शक्तिहरू सल्बलाउने मौका पाएको बताए।