सोमवार, श्रावण २५ गते २०८३

मंगलबार थपिए ४९०४ संक्रमित, ३५ जनाको मृत्यु

मंगलवार , श्रावण २६, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख २० हजार नाघेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार मंगलबार १९ हजार १२३ जनामा गरिएको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३५ जनाको मृत्यु भएको छ । यो संगै हालसम्म १० हजार १५० जनाको मृत्यु भएको छ । 
मंगलबार २११५ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ६ लाख ७३ हजार १९८ जना निको भएका छन् । हाल देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित रहँदा १७६ जना भेन्टिलेटर र ७६१ जना आईसीयूमा रहेका छन् । हालसम्म कोरोना निको हुने दर ९३.४ प्रतिशत रहेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार