सोमवार, आश्विन १९ गते २०८३

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राजावादीको सक्रियताबारे छलफल हुने

आइतवार , चैत्र ९, २०८१

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरि कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो। 

बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले जानकारी दिइन्।  कांग्रेसको आजको बैठकमा पछिल्लो समय बढ्दै गएको राजावादीहरुको सक्रियताबारे पनि छलफल हुने सम्भावना छ। 

यही चैत ५ गते पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार