बिहिवार, आश्विन १५ गते २०८३

साताको पहिलो कारोबार दिन ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार