काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा मास्क नलगाएका व्यक्ति चढ्न नदिइने भएको छ । मंगलबार उपत्यकाका ३ जिल्ला प्रमुखहरुको बैठकले उपत्यकामा जारी निषेधाज्ञा थप कडा गर्दै थप्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणको जोखिम बद्दै गएको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको सूचनामा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने तथा सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने भनिएको छ ।
सवारी चालक र सहचालकले अनियवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउन प्रशासनले निर्देशन दिएको छ । सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था हुनुपर्ने र दैनिक रुपमा सवारी साधन सेनिटाइज गर्नेुपर्ने विज्ञप्तिमा उल्लेख छ ।