बुधवार, आश्विन १४ गते २०८३

१७ वर्षीया किशोरी बलात्कार आरोपमा २३ वर्षीय युवक पक्राउ

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ घर भएका २३ वर्षीय नविन रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रावलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी स्याफ्रुवेशी रसुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका रावलविरुद्ध बलात्कारको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार