काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि काठमाडौँ आइपुगेका छन् ।
राजावादीहरूको सक्रियता बढेपछि रोकिएको माओवादीको पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियानका लागि चैत ६ गते अध्यक्ष प्रचण्ड बारा पुगेका थिए । तर, चार दिनमा फेरि उनी काठमाडौँ आइपुगेका छन् ।
देशको राजनीतिक अवस्थामा फेरबदल र संकटको संकेत देखापरेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्डसँग अलिक गम्भीर कुरा गर्न चाहेपछि प्रचण्ड काठमाडौँ फर्किएका हुन् । पछिल्लो समय देशभर राजतन्त्रको माहोल बन्न थालेपछि ओलीले प्रचण्डसँग सबैखाले तिक्तता बिर्सिएर फेरि एकपटक गम्भीर वार्ता चाहेका छन् । अब ओली र प्रचण्डबीच सोमबार भेटवार्ता हुने छ ।