काठमाडौँ । इजरायलले लेबनानको दक्षिणी भागमा आक्रमण तीव्र पारेको छ । आक्रमणमा हालसम्म ८ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचारअनुसार लेबनानका प्रधानमन्त्री नवाफ सलामले यदि यस्ता आक्रमणहरू जारी रहेमा आफ्नो देश 'नयाँ युद्ध'मा फस्न सक्ने बताएका छन् । उनले आफ्नो देशका जनतालाई इजरायलले आफ्नो दक्षिणी सिमानामा नयाँ सैन्य कारबाही गरिरहेको जानकारी दिएका छन् ।
इजरायली सेनाले मार्च २२ मा रकेट आक्रमण भएको बताएको थियो । लेबनानको सीमामा रहेको मेटुला शहरबाट छ वटा रकेट प्रहार गरिएको थियो । यीमध्ये तीन जना इजरायल प्रवेश गरेको हो । आक्रमणमा कुनै पनि प्रकारको ज्यान वा सम्पत्तिको क्षतिको रिपोर्ट आएको छैन।