काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले हुलाकी राजमार्गकेन्द्रित तराई-मधेस जागरण अभियान पाँच दिनका लागि पुनः स्थगित गरेको छ।
माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गर्न लागेको वृहत् जनप्रदर्शनको तयारीका लागि अभियान केही दिनको लागि स्थागित गरिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
‘बाराबाट अभियान सुरु गर्दा नै हामीले चितवनमा पुगेपछि अभियान पुनः केही दिनका लागि रोक्ने भनेका थियौँ,’ आचार्यले भने, ‘चैत १६ गतेबाट अभियान फेरि अघि बढ्ने छ।’