सोमवार, आश्विन १९ गते २०८३

सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक : यस्तो भयो सहमति 

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । तीन दलका शीर्ष नेताहरुको बैठकमा संक्रमणकालीन न्याय निरुपणको काम टुंग्याउने सर्च कमिटी गठन गर्ने सहमति भएको छ । सोमबार सिंहदबारमा बसेको बैठकमा आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिबारे छलफल भएको एमाले स्थायी कमिटी सदस्य वरिष्ठ अधिवक्ता अग्नि खरेलले बताए ।

उनले भने, ‘बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस समिति सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरुसँग परामर्श गर्नुभयो । र परामर्श अनुसार सिफारिस समिति बढाउने प्रक्रिया अघि बढ्छ ।’

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरुको संयुक्त बैठक पहिलो पटक बसेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागि थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार