मंगलवार, आश्विन १३ गते २०८३

अमेरिकासँग अप्रत्यक्ष आणविक वार्ता गर्न खुला : इरान

सोमवार , चैत्र १०, २०८१

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आणविक सम्झौताका लागि वार्ता गर्न माग गरेपछि इरानले सोमबार अमेरिकासँग अप्रत्यक्ष वार्ताका लागि खुला रहेको बताएको छ ।

“जबसम्म इरानप्रति अर्को पक्षको दृष्टिकोणमा परिवर्तन हुँदैन, अप्रत्यक्ष वार्ताका लागि बाटो खुला छ”, प्रत्यक्ष वार्ताको सम्भावनालाई अस्वीकार गर्दै विदेशमन्त्री अब्बास अराघचीले भने ।

उनका अनुसार तेहरानले धम्कीको अधीनमा र जबसम्म ट्रम्पले आफ्नो ‘अधिकतम दबाब’ नीति कायम राख्नुहुन्छ तबसम्म वासिङ्टनसँग प्रत्यक्ष वार्तामा संलग्न हुनेछैन । राष्ट्रपतिका रूपमा आफ्नो पहिलो कार्यकालमा त्यो नीतिअन्तर्गत ट्रम्पले सन् २०१८ मा इरानको आणविक कार्यक्रममा भएको ऐतिहासिक सम्झौताबाट अमेरिकालाई फिर्ता लिएको र तेहरानमाथि प्रतिबन्धहरू पुनःस्थापित गरे ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार