काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीका नजिकका मान्छे हुन् । शाक्य नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक पनि हुन् ।
उनलाई केपी ओली नेतृत्वको तत्कालीन सरकारले कार्यकारी निर्देशकका लागि ४ वर्षका लागि २०७८ सालमा नियुक्ति दिएको थियो । सरकार फेरिएसँगै २०७८ साउनमा उनलाई पदबाट हटाइएको थियो । यीनै शाक्यलाई फेरि ओलीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक बनाएका हुन् ।