सोमवार, आश्विन १९ गते २०८३

पाँच महिनापछि फेसबुक लाइभमा रवि: बिजुली निभाएर बाले मैनबत्ती

मंगलवार , चैत्र ११, २०८१

काठमाडौँ । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि चौतर्फी विरोध सुरु भएको छ। 

यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसमेत ५ महिनादेखिको मौनता तोड्दै फेसबुकमा झुल्किएका छन्। सोमबार मध्यराति फेसबुक लाइभमा आउँदै उनले बजुलीबत्ती निभाएर सलाई कोर्दै मैनबत्ती बालेका छन्। 

१ मिनेट २२ सेकेन्डको फेसबुक लाइभमा उनले केही बोलेका छैनन् तर क्याप्सनमा लेखेका छन्, ‘कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्।’ 

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते गिरफ्तार भएयता पूर्वगृहमन्त्रीसमेत रहेका रविले फेसबुकमा कुनै पोस्ट गरेका थिएनन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार