सोमवार, आश्विन १९ गते २०८३

कुलमानलाई हटाएको विरोधमा उर्जामन्त्रीको पुत्ला दहन

मंगलवार , चैत्र ११, २०८१

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रद्धशनीमार्गमा प्रदर्शन गरेका हुन् । 

सो क्रममा उनीहरुले उर्जामन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका थिए । घिसिङमाथि गरिएको कारबाहीप्रति चौतर्फी विरोध भइरहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार