सोमवार, आश्विन १९ गते २०८३

कुलमान घिसिङ सरकारको औपचारिक पत्रको प्रतीक्षामा

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ सरकारको औपचारिक पत्रको प्रतीक्षामा रहेका छन् ।

उनले बर्खास्तको औपचारिक पत्र प्राप्त भएपछि सरकारको निर्णयविरुद्ध अदालत जाने तयारी गरेका छन् । ‘हामी सरकारको पत्रको प्रतीक्षामा छौँ, । घिसिङनिकट स्रोतका अनुसार ‘पत्र प्राप्त भइसकेको छैन, प्राप्त भएपछि अदालत जाने प्रक्रिया अघि बढ्छ ।’ हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई ल्याएको हो ।

देशलाई लोडसेडिङ मुक्त बनाएको भन्दै नागरिकबाट वाहवाही पाइरहेका कुलमानलाई ओली नेतृत्वको सरकारले एकाएक प्राधिकरणबाट हटाएपछि देशभर आक्रोश बढेको छ । सरकारको निर्णयविरुद्ध सडकमा प्रदर्शनसमेत भइरहेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार