आइतवार, श्रावण २४ गते २०८३

‘पानी लिन जाँदा खेरी’ रामप्रसाद खनालको नयाँ गीत सार्वजनिक

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । वरिष्ठ लोकदोहोरी गायक रामप्रसाद खनालको नयाँ गीत ‘पानी लिन जाँदा खेरी’ सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिका बस्दै आएका खनालले हालै नेपाल आएर उक्त गीत निर्माण गरेका हुन् ।

गीतमा खनालकै शब्द रहेको छ भने स्वरमा उनलाई शान्ति श्री परियारले साथ दिएकी छन् । गीतमा सङ्गीत तथा एरेन्ज कमल सौरागको रहेको छ । गीतको भिडियोमा कलाकार तथा निर्देशक दीपाश्री निरौला र अभिनेता गजित विष्टको अभिनय रहेको छ । भिडियोमा गायक खनालको पनि अभिनय देख्न सकिन्छ । सुरेन्द्र बसेलको निर्देशन रहेको राकेश दाहालले सम्पादन गरेका छन् ।

खनालले ‘पानी लिन जाँदा खेरी’ गीतमा माया प्रेमकै कुरा उठाएका छन् । भिडियोको कथा पनि यही रहेको छ । खनाल पत्रकारिताको अलावा गायनमा पनि लामो समयदेखि सक्रिय रहेका छन् ।उनका लोक, आधुनिक, दोहोरी, धार्मिक भजन लगायत गरेर हजार बढी गीत सार्वजनिक भएका छन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार