काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले प्रदर्शन गरेका छन् ।
काठमाडौंको माइतीघर मण्डलामा आज उनीहरूले प्रदर्शन गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको सत्तारुढ दलकै नेताहरूले पनि विरोध प्रदर्शन गरेका छन् । कुलामानलाई बर्खास्त गर्ने निर्णय लगत्तै आज बिहानैबाट रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा सुरक्षा बढाइएको छ ।
माइतीघर मण्डलामा संलग्न प्रदर्शनकारीहरूले ‘उज्यालो नेपाल जिन्दावाद, जाग्यो जाग्यो जनता अति भयो अब त, जनता बिरोधि सरकार मुर्दाबाद, नेपालि जनता जिन्दावाद, कुलमान घिसिङ जिन्दावाद, हामी जनता हेरेको हेरै,सरकार जान्ने भो धेरै’ लगायतका नारा लगाइरहेका छन् ।