सोमवार, आश्विन १९ गते २०८३

प्रधानन्यायाधीश प्रकाशमान सिंहको प्रश्न- कागजविहीन अदालतको यात्रामा अघि बढ्न तपाईंहरू तयार हो ?

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा सर्वोच्च अदालत अघि बढिसकेको बताएका छन् ।

आज सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश राउतले उक्त कुरा बताएका छन् । उनले कागजविहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकील, न्यायाधीश, कानुन व्यवसायी सबैलाई तयार हुन आग्रह गरेका छन् ।

उनले प्रश्न गरेका छन्, ‘हामी पेपरलेस कोर्टको यात्रामा गएका छौँ । प्रश्न कहाँनेर छ भने त्यसको लागि विद्वान कानुन व्यवसायी, सरकारी वकिल साथीहरू र हामी अदालतका सबै तयार भएका हौँ कि होइनौं ?’ प्रधानन्यायाधीश राउतले अब पनि ढिलो भयो भने फेरि न्यायिक सुधार हुन नसक्ने बताएका छन् । ‘अब पनि ढिलो भयो भने फेरि न्यायिक सुधार हुँदैन । यो बटमलाइन हो’ उनले भने, ‘हामीले न्यायिक सुधार गर्नैपर्ने भएको छ । न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै होलान् तर, एउटा माध्यम प्रविधिमार्फत हुने सुधार हो ।’

उनले प्रविधिले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्नुका साथै अनियमितता, विकृति र विसंगति हटाउने बताएका छन् । उनले प्रविधिगत सुधारले न्यायिक सुधारलाई सघाउने र जसरी भए पनि यस्तो सुधार गर्नैपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार