काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारको औचित्य सकिएको निष्कर्ष निकालेको छ ।
रास्वपाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई बदनियतपूर्वक हटाएको भन्दै सरकारेको औचित्य सकिएको निष्कर्ष निकालेको हो । सरकारले यस निर्णयले आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर भएको रास्वपाले जनाएको छ ।
कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई अँध्यारोको सकसबाट मुक्त गर्न मुख्य भूमिको कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णयले पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
‘दह्रो र गहिरा सुधार होइन निहित स्वार्थसमूहको नियन्त्रणमा लगिंदै गरेको अर्थतन्त्र, बेरोजगारी र शैथिल्यस दलीयकरण र शासकीय अक्षमताका कारण थलिएको सार्वजनिक सेवा, शिक्षा र स्वास्थ्य क्षेत्रका बेथितिस एकातिर भ्रष्टाचार र दोहनको फैलँदो जालो र अर्कोतिर राज्यका सबै अंगहरुमा गरिएको कब्जाबाट सिर्जित दण्डहीनतास नयाँ दल, अभियान र अभियन्ताहरुमाथि राज्यका सबै अंगहरुको अस्त्रीकरण गर्दै साँधिएको राजनीतिक प्रतिशोध, निषेध एवं झुठा मुद्दाको अनैतिक प्रहारस गिर्दो अन्तर्राष्ट्रिय साख, निर्लज्ज एवं असफल कुटनीति र लगभग दुई(तिहाइ समर्थन प्राप्त सरकार भ्रष्ट, अकर्मण्य, निरीह, निष्प्रभावी, अनुत्तरदायी र प्रतिशोध केन्द्रित रहेको प्रमाणित भएसँगै वर्तमान सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको छ’, विज्ञप्तिमा जनाइएको छ ।