सोमवार, आश्विन १९ गते २०८३

कुलमानलाई हटाउने सरकारी निर्णयको विपक्षी दलले संसद्‍मा प्रतिवाद गर्ने

बुधवार , चैत्र १२, २०८१

काठमाडौँ । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलले सरकारका गलत निर्णयको संसद्‍मै प्रतिवाद गर्ने भएका छन्। 

नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा बुधबार बिहान बसेको बैठकले सरकारको सर्वसत्तावाद र राजनीतिक दम्भको संसदमै प्रतिवादन गर्ने निर्णय  गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। 

उनले संसद्मा सरकार जसरी प्रस्तुत हुन्छ, त्यहीअनुसार विपक्षी दल अघि बढ्ने बताए।  विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङलाई अपमानपूर्वक हटाएको ठहर गरेका छन्।  

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचेतक हितराज पाण्डे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल,  उपाध्यक्ष डा। स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टी, नेपालका अध्यक्ष महीन्द्र राय यादव सहभागी थिए। 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार