सोमवार, आश्विन १९ गते २०८३

वीरगञ्ज महानगरले ८ महिनामा साढे ३३ करोड राजस्व उठायो

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा ३३ करोड ५६ लाख ८७ हजार सात सय ७८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

महानगरले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ लाख ४१ हजार १६१ बढी राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व सङ्कलन भएको जानकारी गराएका छन् ।

महानगरले सम्पत्ति करबापत रु १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत रु १ करोड ६८ लाख सङ्कलन गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार