काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् ।
प्रहरी वृत्त, बानेश्वरले बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार, जिसस प्रमुख गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो ।
काभ्रेपलाञ्चोकमा पनि उनीविरुद्ध तीन वटा जाहेरी परेको पाइएको प्रहरीको भनाइ रहेको छ । यसबारे थप विवरण खुल्न बाँकी छ ।