काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न सकेको थिएन ।
त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो । प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुने व्यबस्था रहेको छ । यही प्रतिबन्धात्मक व्यवस्थाका कारण दुई घण्टा पुग्नु केही मिनेट अघि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ३ बजे बस्नेगरी बैठक सारेका थिए । यो बैठकमा पनि विपक्षीले अवरोध जारी राखेका थिए ।
सभामुखले पटकपटक सभा सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे पनि विपक्षीले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान जारी राखेर उभिरहे । त्यसपछि सभामुखले भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको बताएका छन् ।