काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलका नेताहरूलाई गलत नगर्न र सही बाटोमा हिँड्न सुझाव दिएका छन्।
बुधबार काठमाडौँमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ राजनीतिक दलहरू सिक्दै अघि बढिरहेको पनि बताए। उनले नयाँ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रको पछि नलाग्न भनेका हुन्।
उनले नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएका थकित तत्त्वहरूको संज्ञा दिँदै नयाँ राजनीतिक दलहरूलाई त्यस्ताको पछि नलाग्न पनि आग्रह गरे।
अहिले माओवादी र रास्वपा प्रतिपक्षी दल हुन्। उनीहरू विभिन्न एजेन्डामा सँगै छन्। ओलीले उनीहरू सँगै भएकोमा आपत्ति जनाए।