काठमाडौं । समाजवादी मोर्चाले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयबारे प्रधानमन्त्री केपी ओलीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने बताएको छ ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले कुलमानको मात्रै नभएर अध्यादेश र सुशासनको विषयमा पनि सदनमा विरोध जनाइएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।
उनले भने, ‘सदनमा चलेको संघर्षको विषयमा संसदमा भएको पार्टीका लिडरहरुले जानकारी गराउनुभएको थियो । त्योलगायत कतिपय अध्यादेश र सुशासनको कुराहरु पनि छ । यो सबै विषयलाई लिएर प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहनेछ ।’