काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका फेरबदलको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा महाधिवेशन सार्ने कि फास्ट ट्रयाकमार्फत गर्ने भन्ने विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले दिउँसो पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
देउवा महाधिवेशन केही समय सार्ने तयारीमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले समयमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर जानुपर्ने माग गरेका छन् ।
सचिवालयका अनुसार देउवाले भोलि बस्ने केन्द्रीय समितिको बैठकअघि महाधिवेशनको विषयमा निर्णय गरेर अघि बढ्ने तयारी गरेका छन् । दिउसो बोलाइएको पदाधिकारी बैठकअघि देउवाले आफु निकट नेताहरुसँग अहिले छलफल गर्दैछन् ।