सोमवार, आश्विन १९ गते २०८३

ओली, देउवा र प्रचण्ड एउटै कार्यक्रममा

बिहिवार , चैत्र १३, २०८१

काठमाडौँ । प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताले आज काठमाडौँमा आयोजित एक कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका छन्।

‘नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

गएको सोमबार मात्रै तीनजना शीर्ष नेताले संक्रमणकालीन न्यायका संयन्त्रमा पदाधिकारी छनोट गर्ने सहमती जुटाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार