काठमाडौं । फिल्म ‘हेल्लो काशीराम’को ‘झ्यामकी मादल झ्याम’गीत छायाङ्कनका केही तस्बिर सार्वजनिक भएका छन् । ‘हेल्लो काशीराम’ आगामी जेठ २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ।

केही अगाडि फस्टलुक सार्वजनिक गर्दै चर्चा कमाउन सफल फिल्मले अहिले गीत ‘झ्यामकी मादल झ्याम’को छायाङ्कनका केही तस्बिरहरु सार्वजनिक गरेको हो । जसमा अभिनेता दिलीप रायमाझीसँग अभिनेत्री प्रियंका कार्कीले नृत्य गरेको देख्न सकिन्छ । काठमाडौंमा आकर्षक सेट बनाएर खिचिएको गीतमा ६४ जना कोरस डान्सर प्रयोग गरिएको छ । कबिराज गहतराजको कोरियोग्राफी रहेको गीतमा प्रताप दास र मेलिना राईको स्वर रहेको छ । गीतलाई निर्माण टिमले नयाँ वर्षलाई लक्षित गर्दै सार्वजनिक गर्ने तयारी गरेको छ ।
अभिनेता रायमाझीको मुख्य भूमिका रहेको फिल्म रिम विश्वकर्माले निर्देशन गरेका हुन् । फिल्ममा रायमाझीका अलवा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई ‘‘फुलन्देको आमा,’ अर्जुन गुरुङ, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
प्रियंका कार्कीको विशेष भूमिका रहेको बताइएको फिल्म रेडलाइन फिल्म्सको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता पीबीथापा रहेका छन् । फिल्ममा संगीत संयोजन नरेन्द्र वियोगी, विपिन आचार्यको रहेको छ । फिल्म कमेडी जनरामा निर्माण भएको हो ।