मंगलवार, आश्विन १३ गते २०८३

कंगोमा सशस्त्र समूहको आक्रमणमा परेका ६ जनालाई नेपाली सेनाले गर्‍यो उद्धार

बिहिवार , चैत्र १३, २०८१

काठमाडौँ । कंगोमा सशस्त्र समूहको आक्रमणमा परेर घाइते भएका ६ जना स्थानीयलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ। संयुक्त राष्ट्र संघअन्तर्गत शान्ति मिसनमा खटिएको चण्डीदल गणले उद्धार गरेर उनीहरूलाई गाण हेडक्वार्टरमा रहेको लेभल १ अस्पतालमा पुर्‍याएको हो। 

त्यहाँ प्राथमिक उपचार गरेर थप उपचारको लागि हेलिकप्टरमार्फत बुनियास्थित लेभल २ अस्पताल लगिएको नेपाली सेनाले जानकारी दिएको छ। लोधा आईडीपी क्याम्पमा बस्ने ६ जना स्थानीयमाथि त्यहाँको सशस्त्र समूहले आक्रमण गरेको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार