सोमवार, आश्विन १९ गते २०८३

उपत्यकाको सुरक्षा व्यवस्था कडा

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । गणतन्त्रवादी र राजावादीहरूले शुक्रबार काठमाडौंमा एकसाथ प्रदर्शन गर्ने भएपछि उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाएको छ ।

दुई फरक विचार, पृष्ठभूमि र माग राख्ने पक्षले एकैदिन काठमाडौंलाई नै केन्द्र बनाएर प्रदर्शन गर्ने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

काठमाडौंमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषि तिवारीले दुई समूहको प्रदर्शनलाई ध्यानमा राख्दै उपत्यकको सुरक्षा कडा पारिएका बताए ।  उनले सुरक्षाका सबै प्रबन्ध मिलाइएको जानकारी दिए ।

दुई पक्षलाई जम्काभेट हुन नदिने रणनीति सुरक्षा निकायको छ । सीडीओ तिवारीले दुवै पक्षबीच झडपको स्थिति नआओस् भन्नका लागि सुरक्षाकर्मी सर्तक रहेको बताए । दुवै पक्षबीच भेट हुन नदिन झन्डा र नाराका आधारमा प्रदर्शनकारीको पहिचान गरिने पनि उनले बताए । ‘सम्भावित दुर्घटना रोक्न प्रहरीको अधिकतम प्रयास रहनेछ,’ उनले भने ।

दुवै सभालाई लक्षित गरी काठमाडौंमा मात्र नेपाल प्रहरी र सशस्त्रबाट ४५ सय सुरक्षाकर्मी खटिनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार