मिलानोभिच सैन्य सहायता र युक्रेनी सैनिकहरूलाई तालिम दिने क्रोएसियाको योजनाका लागि बारम्बार आलोचक रहेका छन् ।नाटो र युरोपेली सङ्घ (इयु) को सदस्य भएको हैसियतले क्रोएसियाले रूसको आक्रमणविरुद्ध युक्रेनलाई सहायता गर्न सैन्य हेलिकोप्टर लगायत करोडौँ युरो सहयोग गरेको छ ।
सीमित अधिकार भए पनि राष्ट्रपतिले क्रोएसियाली सशस्त्र सेनाको सर्वोच्च कमान्डर र विदेश नीतिमा आफ्नो राय राख्ने गर्छन् ।मिलानोभिचका राजनीतिक विरोधीहरूले बारम्बार उनलाई ‘रूसपक्षीय’ दृष्टिकोण राख्ने तथा नाटो र इयुमा क्रोएसियाको विश्वसनीयतालाई कमजोर पारेको आरोप लगाएका छन् । तर ३८ लाख जनसङ्ख्या भएको यस मुलुकमा सर्वेक्षणअनुसार सबैभन्दा लोकप्रिय राजनेता मिलानोभिचले उनको मुख्य काम क्रोएसियाको हितको संरक्षण हो भन्ने बारम्बार तर्क गरेका छन् ।