सोमवार, आश्विन १९ गते २०८३

समाजवादी मोर्चाले आज ८ स्थानबाट जुलुस निकाल्ने

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । आज राजधानी काठमाडौंका विभिन्न स्थानमा गणतन्त्रवादी दल र राजावादी समर्थकहरुको छुट्टाछुट्टै प्रदर्शन हुँदैछ ।राजावादीहरुले तीनकुने क्षेत्रमा प्रदर्शन गर्नेछन्, भने गणतन्त्रवादीहरु विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा भेला गर्नेछन् ।

समाजवादी मोर्चामा रहेका दलहरुले गणतन्त्रको पक्ष र दुर्गा प्रसाईंको नेतृत्वमा राजतन्त्रको पक्षमा प्रदर्शन हुने भएको हो । प्रदर्शनमा अप्रिय घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको बताएको छ ।

अहिले एसईई र अन्य वार्षिक परीक्षा पनि चालिरहेकाले त्यसलाई समेत मध्यनजर गरिएको बताइएको छ । कतिपय विद्यालयमा भने एसईई बाहेकका अन्य वार्षिक परीक्षा आजका लागि स्थगित गरिएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार