सोमवार, आश्विन १९ गते २०८३

न्यायाधीश मुसलमानको इजलासमा हितेन्द्र र कुलमानको रिट

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान र नवनियुक्त कार्यकारी निर्देशक, दुवैले दायर गरेको रिट निवेदन न्यायायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।

सर्वोच्च अदालतले सार्वजनिक गरेको पेशी सूची अनुसार, न्यायाधीश मुसलमानको इजलासमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको रिट निवेदन पेशीका लागि सूचिकृत भएको छ । घिसिङको निवेदन दोस्रो र शाक्यको निवेदन पाँचौ स्थानमा रहेको छ ।

घिसिङले आफूलाई गैरकानूनी रुपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनस्थापनाको माग गरेका छन् । शाक्यले आफू पनि यसअघि घिसिङझैं पदमुक्त भएका विवरण उल्लेख गर्दै उनी पदको हकदार नभएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार