सोमवार, आश्विन १९ गते २०८३

कुलमानको पक्षमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

नेपाल विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आज सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सरकारले आफूलाई विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकबाट अपमानजनक र अन्यायपूर्ण तरिकाले हटाएको भन्दै बिहीबार घिसिङले अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

सरकारले घिसिङलाई हटाएर सोमबार नेपाल विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार