सोमवार, आश्विन १९ गते २०८३

उपत्यकाका विभिन्न स्थानमा समाजवादी मोर्चाले जुलुस

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । भृकुटीमण्डप पुग्नुअघि समाजवादी मोर्चाले झाँकीसहित जुलुस निकालेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा-रत्नपार्क हुँदै समाजवादी मोर्चाले जुलुस निकालेको छ ।

julus (2).jpg

समाजवादी मोर्चाका नेता-कार्यकर्ताहरू अहिले सभास्थल भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन् । अन्य रुटबाट पनि मोर्चाका नेता-कार्यकर्ताहरू आउने क्रम जारी रहेको छ । मोर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरूले जुलुसको नेत्रित्व गरिरहेका छन् ।

julus (1).jpg

सभास्थलमा पुगेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

julus (3).jpg

julus (4).jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार