काठमाडौं । तीनकुनेमा राजावादीहरुले तोडफोड गरेको एक घरमा आगजनी गरेका छन् । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी गरेका हुन् ।
रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेर छिया छिया भएका छन् । प्रहरीलाई संरक्षण गरेर आफूहरुमाथि दमन गर्न सघाएको भन्दै प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् । घरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले घरभित्रबाट सामान बाहिर ल्याएर जलाएका थिए ।
उनीहरुले सुरुमा घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका थिए । सडकमा बालिएको टायरबाट आगो सल्केको प्रहरीले जनाएको छ ।