सोमवार, आश्विन १९ गते २०८३

राजावादीको आन्दोलनमा गोली चल्दा दुई प्रदर्शनकारी घाइते

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । राजावादीहरुले गरेको आन्दोलन नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ । दुई प्रदर्शनकारी गोली लागेर घाइते भएका छन् ।

प्रहरी स्रोतका अनुसार दुवैजनालाई घुँडामुनि गोली लागेको हो । एकजनालाई तीनकुनेमा र अर्कालाई कोटेश्वरमा गोली लागेको हो । उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल मीनभवन लगिएको छ । घाइतेको पहिचान खुलेको छैन ।

दुवैजना खतरामुक्त रहेका प्रहरीले जनाएको छ । आन्दोलनकारी उग्र भएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार