सोमवार, आश्विन १९ गते २०८३

राजावादीहरुले पेरिसडाँडामा जलाए प्रहरीको गाडी

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । काठमाडौंको पेरिसडाँडा नजिक नेपाल प्रहरीको गाडीमा आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीले सरकारी गाडीमा आगजनी गरेका हुन् । आगलागी भएको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन ।

gadi (1).jpg

प्रदर्शनकारीहरू तीनकुनेबाट कोटेश्वरतर्फ अगाडि बढेपछि गल्लीमा लुकेर बसेको प्रहरीले उनीहरूमाथि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि आक्रोशित भीडले गाडी तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । प्रदर्शनकारीले तीनकुनेबाट सुरक्षाकर्मीले बोकेको बन्दुक समेत खोसेका छन् ।

Gadi (2).jpg

राजावादी प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेका हुन् । यो प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं रहेका थिए । राजावादीहरूले बिहानैदेखि उग्र प्रदर्शन गरिरहेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार