सोमवार, आश्विन १९ गते २०८३

आगजनी र लुटपाट गराएको अभियोगमा दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी खटियो

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । काठमाडौंमा आज भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ ।

भिडलाई उक्साएर अराजकता मच्चाएपछि प्रसाईं तीनकुनेबाट अपराह्न अबेर बाहिरिएका थिए । उनीविरुद्ध आजै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका छन् । प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार