काठमाडौँ । कांग्रेसले ‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आन्दोलन गर्ने समिति ज्ञानेन्द्र शाहले नै बनाएको दाबीसहित सम्पूर्ण घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने निष्कर्ष कांग्रेसले निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
त्यसैगरी कांग्रेसले संविधान पक्षधर सबै राजनीतिक दलका नेताहरुसँग सर्वपक्षीय छलफल गर्ने निर्णय पनि गरेको छ।