सोमवार, आश्विन १९ गते २०८३

दुर्गा प्रसाईं प्रहरीसँग माफी माग्दै भन्छन्– म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् ।

शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । सो क्रममा उनले कयौं पटक अश्लील शब्द पनि प्रयोग गरेका थिए । उनलाई प्रहरीले अहिले खोजी गरिरहेको छ । उनले भने, ‘म सुरक्षित बसेको मात्रै हुँ, म भागेको छैन । म सुरक्षित ठाउँमा बसेको छु, । म भाग्नलाई जन्मिएको होइन ।’ उनले आफू काठमाडौंमै एउटा मन्दिरमा बसिरहेको बताएका छन् । प्रसाईंले भने, ‘म काठमाडौंमै छु, काठमाडौंकै एउटा मन्दिरमा बसेको छु, ।’

त्यसयता फरार रहेका प्रसाईंले केहीबेरअघि सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश पोस्ट गर्दै प्रहरीसँग माफी मागेका छन् । प्रसाईंले भनेका छन्, ‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हुँ । तपाईंहरूप्रति लक्षित दुष्मनी होइन । तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु, ।’ उनले आफूजति प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे कोही नभएको पनि बताएका छन् ।

उनले भने, ‘मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो, ।’ प्रसाईंले भिडिओमा भनेका छन्, ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार