सोमवार, श्रावण २५ गते २०८३

आज त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन

सोमवार , चैत्र १७, २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस प्रिन्सिपल कार्यालयमा आज स्ववियु निर्वाचन हुँदैछ। चैत ५ गते हुन नसकेको निर्वाचन आज हुन लागेको हो ।

६ हजार भन्दा बढी मतदाता विद्यार्थी रहेको केन्द्रीय क्याम्पसमा विद्यार्थी भोटिङ मेसिनमार्फत मतदान हुनेछ। नेविसंघको आन्तरिक विवादका कारण असन्तुष्ट समूहले तालाबन्दी गरेको थियो । त्यसपछि नेविसंघबाट दीपकराज जोशीले स्ववियु अध्यक्षको आधिकारिक उम्मेदवार बनेका थिए भने अनोज कार्कीको उम्मेदवारी रद्द गरिएको थियो।

त्यसपछि चैत ८ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो। चैत १६ गते अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश जारी गरेपछि त्रिविले आजका लागि निर्वाचनको मिति तय गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार