काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजबाट पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् ।
सोमबार दिउँसो केन्द्रीय समितिको विशेष बैठकबाट रास्वपाले रविलाई पार्टीमा कमव्याक गराउने भएको हो । दिउँसो ३ बजेदेखि निरन्तर दुई वटा बैठक घण्टीघरमा राखिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार ३ बजेको पहिलो बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गरेसँगै समापन हुनेछ । र, दोस्रो बैठकको सभापतित्व लामिछानेले गर्ने छन् ।