काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।
सोमबार साँझ पाँचबजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। आजको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा नियुक्ति गर्ने सम्भावना छ।
गएको शुक्रबार काठमाडौँको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक राखेका थिए।
त्यो बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।